एनआईबिएल सहभागिता फण्डको धनतेरस अफर

0
Shares

एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) ले धनतेरसको पावन उपलक्ष्यमा धनतेरस अफर ल्याएको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले हरेक बर्ष झै यस वर्षको धनतेरसको पावन उपलक्ष्यमा पनि धनतेरस अफर अन्तरगत लगानीकर्ताहरुहलाई आफ्नो समृद्धिका लागी सोहि दिन पारी लगानी गर्न सक्ने अवसर जुराएको हो ।

लगानीको लागि शुभ दिन मानिने धनतेरस यो वर्ष कार्तिक ५ गते शनिबार परेको र सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले लगानीका लागी अन्य कुनै विकल्प नहुँदा एनआईबिएल सहभागिता फण्डमा लगानी गरी लाभ प्राप्त गर्न सकिने जनाइएको छ ।

शनिबार बिहान ११ बजे देखि अपरान्ह ०५ बजे सम्मका लागि विशेष कारोबार सत्र सञ्चालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ । साथै, सो अफर अन्तरगत १० हजार वा सो भन्दा बढि बराबरका एनआईबिएल सहभागिता फण्डको इकाई खरिद गर्नुहुने लगानीकर्ताहरुका लागि सुन र चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने क्यापिटलले जनाएको छ ।

यस अफर अन्र्तगत ३० हजार वा सो भन्दा बढि बराबर लगानी गर्ने एक भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिने तथा १० हजार देखि ३० हजार सम्मको लगानी गर्ने पाँच भाग्यशाली लगानीकर्ताहरुलाई समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिनेछ । भाग्यशाली विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत हुने क्यापटलले जनाएको छ ।

एनआईबिएल सहभागिता फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालनमा रहेको छ ।

धनतरेसको दिन पारी एनआईबिएल सहभागिता फण्डमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुले सोहि दिन एनआईबिएल एस क्यापिटल लि.का सम्पूर्ण शाखा कार्यालयहरु तथा यस फण्डको अनलाईन प्रणाली मार्फत योजनाको इकाई खरिद गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार  १७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।