थोक लघुवित्तीय सेवा प्रदायक आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा १०१.९८ प्रतिशतले बढोत्तरी गरेको छ ।
अघिल्लो आवको यसै अवधिको तुलनामा ७० प्रतिशतले खराब कर्जा अनुपात वृद्धि भएपनि कम्पनीको खुद नाफामा भने उत्साहजनक सुधार आएको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा लघुवित्तले १ करोड ८९ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लख ५५ हजार, जगेडा कोष ९ करोड ७४ लाख ९३ हजार रहेको छ । अघिल्लो आवको तुलनामा पुँजी १० प्रतिशत र जगेडा कोष ४१.३१ प्रतिशतले बढेको हो ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ४१ करोड २९ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ३५ करोड ८१ लख रुपैयाँ कर्जा परिचालन गरेको छ । सापटी ४० प्रतिशतले बढाएको कम्पनीको कर्जा लगानी साढे ३७ प्रतिशतले विस्तार भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ११९ प्रतिशतले बढेर ७ करोड ६५ लाख रुपैयाँ तथा सञ्चालन नाफा ११३ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरणयोग्य नाफा ३ करोड १० लाख ३८ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी ८.६५ रुपैयाँले बढेर १८.९९ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५९ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८११.८४ रुपैयाँ छ । कम्पनीको खराब कर्जा अनुपात ०.३२ बिन्दुले बढेर ०.६० प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा कम्पनीको नोक्सनी व्यवस्था ७० प्रतिशत बढेर १ करोड ६७ लाख माथि पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया