बिओके क्यापिटल मार्केटकाे लाभांश पारित

0
Shares

बिओके क्यापिटल मार्केटले कर सहित चुक्ता पुँजीको ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ मा सञ्ति मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

यस्तै सभाले आगामी आव २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लि कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

साथै कम्पनीले ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी काम गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ कार्तिक २०७९, शुक्रबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।