महुली लघुवित्तको व्यवसाय बढेपनि नाफामा उच्च गिरावट, २९ रुपैयाँ घट्यो इपिएस

0
Shares

महुली लघुवित्तको व्यापार व्यवसाय विस्तार भएपनि खुद नाफामा भने उच्च गिरावट आएको छ । लघुवित्तको निक्षेप संकलन लागत तथा खराब कर्जा वापतको सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा खुद नाफामा ७८.२७ प्रतिशतको उच्च गिरावट आएको हो ।

महुली लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो आवको यहि अवधिमा कम्पनीको कम्पनीको नाफा २ करोड ६८ लाख २५ हजार रुपैयाँ थियो । लघुवित्तको वितरणयोग्य नाफा २ लाख १ हजार रहेको छ ।

सदस्यहरुबाट निक्षेप संकलन, सापटी र कर्जा परिचालनमा आकर्षक बढोत्तरी भएको लघुवित्तको कोषको लागत वृद्धि हुँदा खुद ब्याज आम्दानी घट्न पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले निक्षेप संकलन २४, सापटी ४७ र कर्जा लगानी ३५ प्रतिशतले वृद्धि गरेको छ । तर लघुवित्तको खुद ब्याज आम्दानी भने साढे ४ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा महुली लघुवित्तले १ अर्ब ६९ करोड ८३ लाख निक्षेप संकलन, सापटी २ अर्ब ५७ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेर ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेरिमेन्ट चार्ज) बढेर २ करोड ९३ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९० लाख ७४ हजार रुपैयाँ मात्र रहेको थियो ।

लघुवित्तको सञ्चालन नाफा ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार, जगेडा कोषमा १८ करोड ६० लाख रुपैयाँ सञ्चित छ । पुँजी स्थीर रहेको कम्पनीको जगेडा कोष साढे १२ प्रतिशत घटेको छ ।

नाफामा उच्च गिरावट आएसँगै समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३८.०२ रुपैयाँबाट २९.७६ ले घटेर ८.२६ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ पनि ५.२९ ले घटर २१५.६६ रुपैयाँमा झरेको छ ।

प्रतिसेयर कुल सम्पीत्तको मूल्य १८२७ रुपैयाँ रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १२८.४१ गुणा, आधारदर १६.४५ प्रतिशत, खराब कर्जा अनुपात २.२५ प्रतिशत, कोषको लागत २.६१ बिन्दुले बढेर १०.३७ प्रतिशत पुगेको छ । लागत बढ्दा लघुवित्तको नाफामा असर पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।