सानिमा जिआईसी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जरपछि निर्जीवन बीमा क्षेत्रमा दोस्रो कम्पनीको रुपमा मर्जर सफल गर्दै सानिमा जिआईसी इन्स्योरेन्सले सोमबारदेखि एकीकृत कारोबार थालेको हो । यसअघि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्पन्न भई साउन १ गतेदेखि एकीकृत कारोबार हुँदै आएको थियो ।

दुई कम्पनी एक बराबर एक अनुपात (बराबरी हैसियत) मा गाभिएका हुन् । मर्जरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब तथा जगेडा कोषको आकाु ३६ करोड ९३ लाख रुपैयाँ भएको छ । यस्तै बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित हुन पुगेको छ ।

बीमा समितिको अध्यक्ष सूर्य सिलवालले काठमाडौंमा एक कार्यक्रमका बीच दुई कम्पनीबीचको एकिकृत कारोबारको उद्द्घाटन गरे ।

सानिमा जीआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट निर्जीवन बीमा सेवा सञ्चालन हुने गरेपछि कम्पनीको कर्पोरेट लोगो पनि सार्वजनिक भएको छ । एकीकृत कम्पनीको केन्द्रीय कार्यालय टंगालमा रहने छ ।

यसअघि दुबै कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाबाट मर्जरको विशेष प्रस्ताव पारित भएको थियो । नियामक बीमा समितिले असोज १४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ कार्तिक २०७९, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।