‘सानिमा ग्रोथ फन्ड’ को १२ करोड इकाई बिक्री खुल्यो

0
Shares

सानिमा क्यापिटलले कात्तिक १६ गते बुधवारदेखि सानिमा ग्रोथ फण्डको इकाई विक्री खुला गरेको छ ।

क्यापिटलले प्रति इकाई दश रुपैयाँ अंकित दरको १२ करोड इकाई जारी गरेको हो । कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी १० करोड २० लाख इकाईको सार्वजनिक निष्कासनमा ल्याएको हो ।

इकाईको बिक्री छिटोमा कात्तिक २० गतेसम्म बन्द हुनेछ भने बिक्री खुला भएको सबै इकाई खरिदका लागि उक्त अवधिसम्म आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक ३० गतेसम्म बिक्रीमा रहनेछ ।

इच्छुक खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो सेयर वेबसाइट र मोबाइल एपमार्फत समेत आवेदन दिन सक्नेछन् ।

योजना व्यवस्थापकका अनुसार उक्त इकाई खरीदका लागि न्युनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिनेछ । ११ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँड पश्चात धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिनेछ ।

योजना अवधिमा कमाएको खुद मुनाफाको अनुपातमा इकाईधधनीलाई इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।