इष्टर्न हाइड्रोको आईपीओ बाँडफाँड बिहीबार बिहान, कतिले पाउँछन् सेयर ?

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ कात्तिक १७ गते बिहीबार बिहान बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको सेयरकोे प्रि–अलोटमेन्ट मंगलबार नै सम्पन्न भैसकेको छ ।

कम्पनीले सर्वसाधारणमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । कम्पनीले पहिलो चरणमा ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुरूका लागि बाँडफाँड गरी बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर समेत जोडेर उक्त संख्यामा सेयर बिक्री खुला गरिएको थियो ।

कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषहरूमा र १३ हजार ४०६ कित्ता कर्मचारीहरूमा बाँडफाँड गरिएको छ । ६ लाख २३ हजार ३८९ कित्ता सेयर अन्य सर्वसाधारणमा बाँडफाँड हुनेछ । कम्पनीको सेयर ६२ हजार ३३८ जनालाई १० कित्ताका दरले बाँडफाँड हुनेछ । यसरी बाँडफाँड भएर बाँकी रहेको ९ कित्ता सेयर थप ९ जनालाई १-१ कित्ताका दरले वितरण हुनेछ । यस अनुसार ६२ हजार ३३९ जनाले १० कित्ता र ९ जनाले ११ कित्ताका दरले सेयर हात पार्नेछन् ।

हाल ४९ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर बाँडफाँडपछि ६२ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले भोजपुर जिल्लामा १ अर्ब ३० करोड ५८ लाख रुपैयाँ लागतमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न विद्युत उत्पादन गर्दै आएको छ । आयोजनाबाट २०७६ साल जेठ २७ गतेदेखि विद्युत् उत्पादन हुँर्दै आइरहेएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।