एक्सेल डेभलपमेण्ट बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा १९.६२ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले असोज मसान्तसम्म २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा १ करोड ८२ लाख नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ५ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३७ प्रतिशत र सञ्चालन नाफा ९७ प्रतिशतले बढेको हो । गत आवमा बैंकले ११ करोड ३१ लाख खुद ब्याज आम्दानी तथा २ करोड ६१ लख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख रहेको कम्पनीको जगेडा कोषमा ४० करोड २९ लाख १६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ८० लाख ५५ हजार रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा बैंकले ११ अर्ब ६२ करोड ७१ लख निक्षेप संकलन गरेर १० अर्ब ७ करोड ६१ लख रुपैयाँ बढी कर्जा लगानी गरेको छ ।
चालु आवको पहिलो तीन महिनामा बैंकको प्रतिसेयर आम्दानी ७.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.८९ रुपैयाँ, आधारदर ११.९६ प्रतिशत, कष्ट अफ फण्ड ९.२१ प्रतिशत, खराब कर्जा अनुपात ४.४८ प्रतिशत सिडी रेसियो ८४. २४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.२२ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया