कर्णाली डेभलपमेन्ट बैंकको नाफा डेढ करोड माथि

0
Shares

कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा १ करोड ६४ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंक गत आवको सोही अवधिमा ३ करोड ७९ लाख २९ हजार रुपैयाँ घाटामा थियो ।

चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको कर्णालीको जगेडा कोषमा ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ४२ लाख १३ हजार रुपैयाँ रहेको छ ।

चालु आवको तीन महिनामा बैंकले ४ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २८ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २.१९ प्रतिशतले घट्दा कर्जा लगानी ०.८२ प्रतिशतले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४४.२६ प्रतिशतले घटेर ५ करोड ३ लाख ५८ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा इम्पेयरमेन्ट चार्ज ३ करोड १५ लाख रुपैयाँबाट घटेर ५५ लाख ६२ हजार रुपैयाँ मात्र छुट्याउँदा बैंकको नाफा वृद्धिमा सहयोग पुगेको हो । यसअवधिमा सञ्चालन नाफा पनि १ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत, कष्ट अफ फण्ड ९.९५ प्रतिशत, आधारदर १३.५० प्रतिशत छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७.५४ रुपैयाँ ऋणात्मक रहेकोमा बढेर ३.२७ रुपैयाँ धनात्मक भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११८.०२ रुपैयाँ छ । खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  १३ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।