कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सानिमा ग्रोथ फन्ड’ को इकाई छोटो अवधिमा नबिकेपछि सानिमा क्यापिटलले आइतबार बढाएको सूचना जारी गरेको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटलले कात्तिक ३० गतेसम्म आवेदन दिन पाउने गरी ढिलो अवधिसम्म आवेदन समय थप गरेको हो । यसअघि पहिलो चार दिनमा नै सबै बिक्री भएको खण्डमा भने कार्तिक २० गते आइतबारै इकाई बिक्री बन्द हुन्थ्यो ।
धेरै वर्षदेखि दोस्रो बजारमा रहेका फन्डको इकाई नै अंकित मूल्यभन्दा २० प्रतिशत कम मूल्य (८ रुपैयाँ) मा पाइने भएपछि लगानीकर्ताको फन्डमा आकर्षकण घटेको हो ।
हाल दोस्रो बजारमा नै सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको दुई दर्जन फण्डको इकाई ८ रुपैयाँ वा साेभन्दा कममा नै खरिद गर्न सकिने अवस्था छ । गत बिहीबार कारोबार बन्द भएको मूल्यका आधारमा सानिमा लार्ज क्याप फन्ड, मेगा म्युचुअल फन्ड, एनआईबिएल समृद्धि फण्ड–२, आरबिबि म्युचुअल फन्ड–१, सनराइज ब्लूचिप फन्ड,नबिल ब्यालेन्स्ड फन्ड–३, एनआईसी एशिया सेलेक्ट–३०, लक्ष्मी इक्वीटी फन्ड, प्रभु सेलेक्ट फन्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र कुमारी धनविृद्धि योजनााको इकाईमूल्य ८ रुपैयाँभन्दा कम छ ।
हेर्नुहोस् सूचीः–
| Symbol | Mutual Fund Name | LTP (Rs.) |
| MMF1 | Mega Mutual Fund – 1 | 7.20 |
| NIBSF2 | NIBL Samriddhi Fund – 2 | 7.21 |
| SLCF | Sanima Large Cap Fund | 7.40 |
| RMF1 | RBB Mutual Fund 1 | 7.50 |
| SBCF | Sunrise Bluechip Fund | 7.55 |
| NBF3 | Nabil Balanced Fund III | 7.80 |
| NICSF | NIC Asia Select-30 | 7.83 |
| LEMF | Laxmi Equity Fund | 7.85 |
| PSF | Prabhu Select Fund | 7.85 |
| NICFC | NIC Asia Flexi Cap Fund | 7.85 |
| KDBY | Kumari Dhanabriddhi Yojana | 7.95 |
| LUK | Laxmi Unnati Kosh | 8.00 |
| KEF | Kumari Equity Fund | 8.00 |
| GIBF1 | Global IME Balance Fund-I | 8.00 |
| CMF2 | Citizens Mutual Fund – 2 | 8.05 |
| SEF | Siddhartha Equity Fund | 8.15 |
| CMF1 | Citizens Mutual Fund-1 | 8.23 |
| SIGS2 | Siddhartha Investment Growth Scheme-2 | 8.23 |
| NIBLPF | NIBL Pragati Fund | 8.34 |
| GIMES1 | Global IME Samunnat Scheme 1 | 8.36 |
| NICBF | NIC ASIA Balanced Fund | 8.55 |
| NEF | Nabil Equity Fund | 8.87 |
| SFMF | Sunrise First Mutual Fund | 8.93 |
| NBF2 | Nabil Balanced Fund – 2 | 8.95 |
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कार्तिक १८ गते शुक्रबार साढे १ बजेसम्म सर्वसाधारणबाट १ करोड १३ लाख ८४ हजार ५८० इकाई खरिदको माग परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको इकाई संख्याको ११.१६ प्रतिशत मात्र हुन आउँछ ।
योजनाको प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरिएकोमध्ये न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई ((इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई न्यूनतम अर्थात १३ प्रतिशत १ करोड ५६ लाख र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २४ लाख इकाई) सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाईका खरिदका लागि लगानीकर्ताबाट आवेदन मा गरिएको थियो ।
इकाई खरिदका लागि लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिनसक्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया