एनआईसी एशिया लघुवित्तको नाफामा उच्च गिरावट, ३१ रुपैयाँ घट्यो इपिएस

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६८.१८ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, लगायतका आम्दानीका स्रोत घट्नु तथा खराब कर्जा बढ्नु नै लघुवित्तको नाफा घट्ने प्रमुख कारण देखिएको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले २० करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३१.०३ रुपैयाँ घटेर १५.१३ रुपैयाँमा खुम्चिएको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १३२० रुपैयाँ, कष्ट अफ फण्ड १०.२७ प्रतिशत, आधारदर १४.०६ प्रतिशत र मूल्य आम्दानी अनुपात ४७.४५ गुणा छ ।

असोज मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा २६ लाख २० हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६४ करोड ५६ लाख तथा रिटेर्न अनिङ्गमा एक अर्ब २ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चालु आवको पहिलो तीन महिनामा लघुवित्तले २९ करोड २ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.०९ र सञ्चालन नाफा ६८.१७ प्रतिशतले घटेको हो ।

असोज मसान्तसम्म एनआइसी एसिया लघुवित्तको खराब कर्जा २.२६ बिन्दुले बढेर ३.८१५ पुगेको छ । खराब कर्जा बढेसँगै आवको पहिलो त्रैमासमा ४ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ६६ करोड ९१ लाख ९३ हजार रुपैयाँ पुगेको हो । यसले लघुवित्तको नाफामा सोझो असर पुगेको छ ।

असोजसम्म लघुवित्तले १९ अर्ब २३ करोड ५२ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २१ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १.८२ प्रतिशत तथा कर्जा लगानी ०.६१ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।