गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफा ऋणात्मक भएसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँबाट झदै २४.७१ रुपैयाँ ऋणत्मक भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १२७.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मुल्य १४१८ रुपैयाँ, कष्ट अफ फन्ड १०.४९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३४ गुणा ऋणात्मक छ ।
असोज मसान्तसम्म लघुवित्तीय संस्थाले ३१ करोड १० लाख रुपैयाँ निक्षेप संकलन तथा ८२ करोड ७७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट लिएर १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप ३६.९८, सापटी ०.८६ प्रतिशत र कर्जा लगानी १०.३२ प्रतिशतले बढेको छ ।
असोजसम्म ९ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ६७ लाख ४२ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५९ लाख २७ हजार रुपैयाँ तथा सञ्चालन नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक छ । खराब कर्जा अनुपात केही बढेर ३.९५ प्रतिशत पुगेको लघुवित्तले इम्पेयरिमेन्ट चार्ज बापत ६ लाख ३५ हजार रुपैयाँ छुट्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया