चिर्खुवा हाइड्रोपावरले १२ करोडको आईपीओ बेच्ने, बोर्डसँग माग्यो अनुमति

0
Shares

चिखुर्वा हाइड्रोपावरले १२ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आईपीओ बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बोर्डका अनुसार कम्पनीले गते सर्वसाधारण र स्थानीय बासिन्दाका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

उक्त आईपीओमा बिक्रीका लागि चिखुर्वा हाइड्रोपावरले आरबीबी मचेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७० मेगावाटको माथिल्लो चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री सम्झौता गरिसकेको छ।

आयोजना निर्माणस्थलदेखि नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको खाँदबारी सबस्टेसन आइपुग्न १० किलोमिटर रहेको छ। कम्पनीको संस्थापक सेयरधनीहरुमा तथा सञ्चालकहरुमा डम्बर बहादुर कार्की, केदार नाथ कार्की, गेल्जे लामा, अङ् दोर्जी लामा र गणेशमान सिंह कार्की लगायतका रहेका छन् ।

बोर्डबाट अनुमति पाएपछि बिक्री प्रबन्धकले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।