समृद्धि फाइनान्सको ७ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामीमा

0
Shares

समृद्धि फाइनान्सले मंसिर १ गतेदेखि ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।  फाइनान्स कम्पनीले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्य अंकित गरी लिलामी मार्फत बिक्री खुला गर्न लागेको हो ।

समृद्धि फाइनान्सले अतिवरित उक्त हकप्रद तेस्रो पटक लिलामीमा बिक्री गर्न लागेको हो । कम्पनीले अवितरित हकप्रद सयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा बिक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी सेयर पुनः मंसिर १ गतेदेखि तेस्रो पटक लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरमा जुनसुकै व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद मंसिर १५ गतेसम्म रहेको छ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ

लिलामी सेयरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।