नेशनल हाइड्रोपावर कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३६८.६८ प्रतिशतले बढेको भएपनि खुद नाफा भने ९८.४८ प्रतिशतले घटेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको विद्युत बिक्री आय बढेपनि वित्तीय खर्च बढेपनि समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा घटेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च ५०३.३३ प्रतिशत बढी भएकाले खुद नाफा घट्न पुगेको हो । गत आवको प्रथम त्रैमासमा १७ लाखभन्दा बढी रहेको वित्तीय खर्च यबढेर १ क्रोड ४ लाखभन्दा माथि पुगेको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा उच्च वृद्धि भएपनि खुद नाफा भने ९८.८४ प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिजुली बेचर १ करोड ३५ लाख रुपैयाँ कमाएकोमा ३६८.६८ प्रतिशत आम्दानी बढेको हो ।

यस्तै गत आवको पहिलो तीन महिनामा कम्पनीले ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक गरेकाले नाफामा आकर्षक बढोत्तरी आएको थियो । यस वर्ष कम्पनीले कुनै पनि राइट ब्याक गरेको छैन ।
कम्पनीले असोजसम्म ३ करोड ४९ लाख सञ्चालन नाफा गर्न सफल भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड ४७ लाख ३१ हजार रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको थियो ।
चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४०.७३ रुपैयाँ घटेर १.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१.३६ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा २ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको पहिलो तीन महिनाको तुलनामा ९७.९१ प्रतिशत कम हो ।
सुनकोशी हाइड्रोपावरलाई असोज १४ गतेदेखि प्राप्ती गरेपछि कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेर १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न २५ औं वार्षिक साधारण सभा र विशेष साधारण सभाबाट स्वीकृति प्रदान गरेकोमा विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त भैसकेको र नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि प्रकृया अगाडि बढाएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया