युनिलिभर नेपालले डाक्यो मंसिर २० गते साधारण सभा

0
Shares

युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते मंगलबार २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानका प्रस्ताव, नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ४ गते आइतबारदेखि २० गते मंगलबारसम्म सेयर दाखिल खारेज (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार मंसिर १ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।