खानीखोला हाइड्रोपावर कम्पनीको विद्युत् बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य वृद्धि भएको छ ।
कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा २ करोड ५३ लाख बढी नाफा कमाएको छ । गत आवको सोही अवधिमा ७० लाख १९ हजार नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा २६० प्रतिशत वृद्धि भएको हो ।
चुक्ता पुँजी ४६ करोड ५७ लाख रहेको कम्पनको वार्षिक प्रतिसेयर आम्दानी १.५१ बाट बढेर ५.४३ रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोष २ करोड ६० लाख ऋणात्मक रहेका कारण प्रतिसेयर नेटवर्थ ९४.४१ रुपैयाँ मात्र छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानीमा ४५ प्रतिशत बढेर ६ करोड ६७ लाख पुगेको छ । गत आवको सोही अवधिमा ४ करोड ५७ लाख थियो । विद्युत बिक्री आम्दानी वृद्धि भएपछि कम्पनीको नाफा बढेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया