नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्वीटी फन्डको प्रतिफल वितरण

0
Shares

नबिल ब्यालेन्स्ड फन्ड र नबिल इक्वीटी फन्डले गत आर्थिक वर्ष २०७८।७९ बाट वितरण गरेको प्रतिफल (नगद लाभांश) वितरण गरेका छन् ।

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई सामूहिक लगानी कोष योजनाहरूले प्रस्तावित लाभांश वितरण गरेका हुन् । नबिल ब्यालेन्स्ड फन्ड २ ले करसमेत ७ प्रतिशत र नबिल इक्वीटी फण्डले करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेका हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बुकक्लोजको आधारमा कात्तिक १७ गते बिहीबारसम्म कायम इकाईधनीहरूको हितग्राही खातामै लाभांश जम्मा गरिएको जानकारी दिएको छ । दुबै योजनाले प्रतिफल वितरण प्रयोजनार्थ कात्तिक १८ गते शुक्रबार एक दिन इकाईधनी दर्ता किताब बन्द गरेका थिए ।

बुकक्लोजको अवधिसम्म आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति अनिवार्य रूपमा पेश गर्नुपर्ने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

उक्त स्वीकृति पत्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत इमेल ठेगानामा पठाउन सकनिे योजना व्यवस्थापकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।