नागरिक लगानी कोषको धितोपत्रमा लगानी पछिल्लो एक वर्षमा ११ अर्ब ६२ करोड ५४ लाख ४३ हजार रुपैयाँले बढेको छ ।
गत आवको पहिलो त्रैमासमा कोषले संगठित संस्थाको सेयर तथा ऋणपत्रमा कुल १६ अर्ब ४५ करोड ७ लाख ३७ हजार रहेकोमा चालु आवको असोज मसान्तसम्म बढेर २८ अर्ब ७ करोड ६१ लाख ८० हजार रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कोषको खुद नाफा १७.९९ प्रतिशत बढेको हो । गत आवको यहि अवधिमा १९ करोड ७२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको कोषको नाफा असोज मसान्तमा बढेर २३ करोड २७ लाख २७ हजार रुपैयाँ पुगेको हो ।
चुक्ता पूँजीको तुलनामा खुद नाफाको वृद्धिदर कम हुँदा समीक्षा अवधिमा कोषको २.२३ रुपैयाँ घटेर २१.९० रुपैयाँमा झरेको छ । कोषको प्रतिसेयर नेटवर्थ १८९.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.७३ गुणा छ । कोषको निक्षेप संकलन लागत ८.४९ प्रतिशत, लगानीमा प्रतिफल (आरओआई ) ९.३८ प्रतिशत र कोष–लगानी अनुपात ९८.७६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा कोषले चुक्ता पूँजीको ३० प्रतिशत बोनस वितरणपछि पुँजी बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने सेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको पहिलो त्रैमासमा ३ अर्ब २७ करोड पुँजी तथा सेयर प्रिमियममा १ अर्ब २६ करोड ४८ लाख ७८ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममामा कोषको कुल आम्दानी १७.९५ प्रतिशत बढेर ४० करोड ६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । कोषको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेर १० करोड १२ लाख ३० हजार, सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर २९ करोड ३९ लाख २७ हजार पुगेको हो । यस्तै गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कोषको कुल खर्च १७. ८० प्रतिशत बढेर ९ करोड ३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
कोषको खुल स्थीर सम्पत्ति ३ अर्ब १४ करोड र चालु सम्पत्ति १९ अर्ब ५० करोड ७७ लाख रहेको छ । मुद्दती निक्षेप १ खर्ब २ अर्ब २९ करोड, सहायक कम्पनीमा लगानी २ अर्ब ५५ करोड, सहभागि सापटी तथा आवास कर्जा ४४ अर्ब २१ करोड ८७ लाख र २ अर्ब १४ करोड ६७ लाख बैंक मौज्दात रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया