फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा खराब प्रदर्शन गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घटेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी सूचाङ्कहरु खुद ब्याज आम्दानी, अन्य आम्दानी, अन्य सञ्चालन आम्दानी, कुल आम्दानी खुद नाफा, प्रतिसेयर आम्दानी घटेका छन् । कोषको लागत उच्च बढेर करिब ६४ प्रतिशतले खुद नाफा घटेपछि लघुवित्तले सेयरधनीलाई निराश बनाउने भएको हो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३५ प्रतिशत, जगेडा कोष ४०.३५ प्रतिशत, निक्षेप १७.२४ प्रतिशत र कर्जा लगानी ११.९८ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा लघुवित्तले ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ६३.८० प्रतिशतले नाफा घटेको हो ।
चुक्ता पुँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ रहेको लघुवित्तको नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३९.२८ रुपैयाँ घटेको छ । असोजसम्म कम्पनीको इपिएस १४.३९ रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशत घटेर २० करोड ६६ लाख ३१ ह्जार रुपैयाँमा झरेको छ । यस्तै लघुवित्तको सञ्चालन आम्दानी घटेर ४ करोड ८५ लाख ६० हजार रुपैयाँ ऋणात्मक बन्न पुगेको छ ।
खराब कर्जा वापतको सम्भावित जोखिमबापतको व्यवस्थामा १८ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन नाफा ऋणात्मक बनेको हो । असोज मसान्तसम्म लघुवित्तको खराब कर्जा अनुपात २.६० प्रतिशत रहेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३२४.०७ रुपैयाँ, कष्ट अफ फन्ड ११.३६ प्रतिशत, मूल्य आम्दानी अनुपात १७८.४७ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया