लुम्बिनी विकास बैंकले ३९ करोड ४१ लाख लाभांश वितरण गर्ने

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मङ्सिर २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले हाल चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५११ रूपैयाँ रहेको छ । प्रस्तावित ३ प्रतिशतका दरले ९ करोड ८५ लाख २८ हजार ७५५ रुपैयाँ ३३ पैसा बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ ९९ पैसा नगद गरी कुल ३९ करोड ४१ लाख १५ लाख १०१ रुपैयाँ ३२ पैसा लाभांश वितरण गर्नेछ ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

अघिल्लो आव २०७७/७८ को नाफाबाट कम्पनीले चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।