बोटलर्स नेपालका दुबै कम्पनीको लाभांशको बुकक्लोज तोकियो

0
Shares

बोटलर्स नेपालका दुई कम्पनीहरु बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरधनी दर्ता किताब बन्द मिति तोकेका छन् ।

मंसिर २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २० गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको हो । बुकक्लोज अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भए कायम रहने सेयरधनीले मात्रै साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्नेछन् ।

दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेका छन् । यी दुबै कम्पनीले बुकक्लोज गर्ने भएका छन् ।
यी दुबै कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोटलर्स नेपाल (तराई) ले चुक्ता पूँजीको ६० प्रतिशत र बोटलर्स नेपाल (बालाजु) लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।