शिवम् बाहेक सबै उत्पादनमुलक समूहका सबैको लाभांश घोाषणा

0
Shares

नेपाल स्टक एक्स्चेञ्जमा उत्पादनमुलक समूह अन्तर्गत सूचीकृत कम्पनीमध्ये शिवम् सिमेन्टस् बाहेक बाँकी पाँच वटै कम्पनीको लाभांश प्रस्ताव भएको छ ।

पछिल्लो समय हिमालयन डिष्टिलरीले लाभांश प्रस्ताव गरेसँगै लाभांश घोषणा गर्ने कम्पनीको संख्या पाँच पुगेको हो । हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक प्रतिसेयर १२१५ रुपैयाँ नगद घोषणा गर्दा बोर्टलर्स नेपाल तराइले ६० प्रतिशत, बोर्टलर्स नेपाल बालाजुले २० प्रतिशत, नेपाल ल्यूब आयले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Sector- Manufacturing And Processing Bonus Cash Total Bookclose AGM
Unilever Nepal Limited 0.00 1215.00 1215.00 Mangsir 4, Sunday Mangsir 20, Tuesday
Himalayan Distillery Limited 60.00 10.00 70.00 Poush 20, Wednesday Poush  27, Wednesday
Bottlers Nepal (Terai) Limited 0.00 60.00 60.00 Poush 20, Wednesday  
Nepal Lube Oil Limited 25.00 5.00 30.00 Ashoj 14, Friday Ashoj 28, Friday
Bottlers Nepal (Balaju) Limited 0.00 20.00 20.00 Poush 20, Wednesday  

 

नेपाल ल्यूब आयलले गत असोज २८ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ । मंसिर ४ गते बुकलोज गरेको युनिलिभरले मंसिर २० गते साधारण सभा बोलाएको छ ।

बोटलर्स नेपालका दुबै कम्पनीले पुस २० गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेका छन् ।

उत्पादनमुलक समूह अन्तर्गत सूचीकृत भएपनि अन्य एक दर्जनभन्दा धेरै कम्पनी सेयर बजारबाट बेपत्ता छन् । ती कम्पनीहरुको नियमित कारोबार हुने गरेको छैन भने सेयरधनीलाई लाभांश समेत वितरण गर्ने गरेका छैनन् । उच्च नोक्सानी भएको भन्दै श्रीराम सुगर मिल्सले पनि पछिल्लो समय उद्योग बन्द गरेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार  ०९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।