नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बेच्दै

0
Shares

नारायणी डेभलपमेन्ट बैंक र आइसिएफसि फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । दुबै संस्थाका विद्यमान सेयरधनीले सेयर बिक्री गर्न सम्बन्धीत संस्थामा निवेदन दिएपछि उक्त सेयर बिक्री खुला गरिएको हो ।

दुबै कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला हुने जनाइएको छ ।

नारायणी डेभलपमेन्ट बैंकका संस्थापकले ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो भने आइसिएफसि फाइनान्सले भने सेयर संख्या उल्लेख गरेको छैन ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सोमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

आइसिएफसि फाइनान्सको संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।