सुनचाँदी दुबैको भाउ मंसिर १२ गते सोमबार घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले सस्तिएको हो ।
महासंघले सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको भाउ ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।
साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७५० डलर तथा चाँदी प्रतिऔंस २१.१८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया