झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४.८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व ४.८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/७८ मा ८५ हजार ७५० हेक्टरमा धानखेती गरिएको थियो ।
गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङ लगायतका भू-खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।
त्यस्तै, जिल्लामा आव २०७८/७९ मा १९ हजार ८०० हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया