एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

0
Shares

एभरेष्ट बैंकको सेयरमूल्य सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै बैंकको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते मंगलबार बुकक्लोज गर्दैछ । बैंकको सोमबार कारोबार भएको अन्तिम मुल्यलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो ।

नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयर सेयर समायोजनपछि प्रतिसेयर ४७७ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ । सोमबार बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा खरिद बिक्री भएको थियो ।  सोमबार समायोजन भएको समायोजित सेयर मूल्यलाई आधारमा भोलि मंगलबार एभरेष्ट बैंकको सेयर कारोबार खुल्नेछ ।

लाभांश पारित सहितका अन्य एजेण्डा पारित गर्न बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे डाकेको सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्‍याउने, हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेन्डाहरु उपर छलफल गरी पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।