मौद्रिक नीतिको समीक्षाप्रति सेयर लगानीकर्ता असन्तुष्ट, दोहोरो अंकले घट्यो सूचक

0
Shares

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाप्रति सेयर लगानीकर्ता असन्तुष्ट देखिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुने दिन ३२ अंकले बढेको नेप्से भोलिपल्टै १५.६१ अंकले घटेको हो । खासगरी समीक्षा मार्फत स्प्रेडदर ०.४० बिन्दुले घटाएकाले बैंक तथा वित्तीय संस्थाहरुको प्रिमियम आम्दानी घट्ने र त्यसको सोझो असर मुनाफामा पर्न जाने हुँदा मौद्रिक नीतिको समीक्षालाई सेयर लगानीकर्ताले नरुचाएको देखिएको हो ।

लगानीकर्ताको मनोबल कमजोर हुँदा पछिल्लो दुई दिन बढेको बजार सोमबार १५.६१ अंकले घटेर १९५०.३७ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.६५ अंकले घटेर ३८२.६१ बिन्दुमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा २१४ वटा कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर २४ हजार ९५१ वटा सङ्ख्यामा खरिद बिक्री भएका छन् । आइतबार २ अर्ब २ करोडको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ५३ करोडले घटेर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रूपैयाँमा समेटिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहगत सूचकमध्ये म्युचुअल फण्ड र व्यापार बाहेक बाँकी सबै ११ वटै घटेका छन् । फाइनान्स सूचक सबैभन्दा धेरै १.५१ प्रतिशतले घटेको छ । विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधनमुलक र अन्यको सूचक पनि १ प्रतिशत माथि घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंक ७.२४ करोड, शिवम् सिमेन्ट ६.१४ करोड, एरभेष्ट बैंक ५.९८ करोड र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ५.८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको बजारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेको छ । संस्थाको सेयरमूल्य बढेर ३४१ रूपैयाँ १० पैसा पुगेको छ । यस्तै गरिमा डिबेञ्चर २०८५ को ६.११ प्रतिशत, नेपाल ल्यूब आयल ६.०९, सिटिजन्स म्युचुअल फन्डको इकाई ३.८८ र लक्ष्मी उन्नति कोषको इकाईमूल्य ३.१६ प्रतिशतले बढेको छ ।

उता यस दिन सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य घटेर २७२ रूपैयाँ ४० पैसामा झरेको छ । यस्तै ओरियन्टल होटल ४.३१ प्रतिशत, जानकी फाइनान्स ३.९६, एसबिआई डिबे१चर २०८३ को ३.९६ र सिद्धार्थ लगानी वृद्धि योजना–२ को योजनाको इकाईमूल्य ३.९१ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  १८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।