सेयर बजारका लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा मंगलबार सेयर कारोबार रकम एक अर्बभन्दा मुनी झरेको छ ।
आइतबार २ अर्ब २ करोड तथा सोमबार १ अर्ब ४९ करोड माथि सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ९५ करोड ७० लाख रुपैयाँमा संकुचित बनेको हो ।
यसदिन २३४ वटा कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर १८ हजार ३६ वटा सङ्ख्यामा खरिद बिक्री भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५४ करोड रुपैयाँले घटेर ९५ करोड ७० लाख ६० हजार २२६ रूपैयाँमा समेटिएको छ ।
मंगलबार नेप्से २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले बढेर ३८२.६९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहगत सूचकमध्ये ७ वटा बढेको छ भने ६ वटाको बढेको छ । फाइनान्स सूचक सबैभन्दा धेरै १.२१ प्रतिशतले बढेको छ । विकास बैंक, जलविद्युत, लघुवित्त, जीवन बीमा, म्युचुअल फन्ड र अन्यको सूचक पनि सामान्य बढेका छन् । व्यापार सर्वाधिक ०.७९ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल तथा पर्यटनमुलक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, र लगानीको इन्डेक्स घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ९ करोड २७ लाख ७५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंक ४.३१ करोड, शिवम् सिमेन्ट ४.२२ करोड, नेष्डो समृद्ध लघुवित्त ३.१८ करोड र एनसीसी बैंकको २.५२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेको छ । संस्थाको सेयरमूल्य १५.३० रुपैयाँ बढेर २६६ रूपैयाँ पुगेको छ । यस्तै मर्जरका कारण रोक्का भई आजदेखि कारोबारमा आएको एनसीसी बैंकको ५.०५ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फन्ड ३० को इकाईमूल्य ४.१८, गुहेश्वरी मर्चेन्ट ४.०३ र खप्तड लघुवित्तको ४.०२ प्रतिशतले सेयरमूल्य बढेको छ ।
उता यस दिन एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाईमूल्य सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड-१ को इकाईमूल्य ३.६८, नेपाल एसबिआई बैंक ३.६३, सिद्धार्थ इन्स्योरेन्स ३.४४ र नबिल ब्यालेन्स्ड फन्डको २.६० प्रतिशतले सेयरमूल्य घटेको छ ।
मंगलबार सेयर बजारको कुल बजार पुँजीकरण २८ खर्ब ९ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया