सुनचाँदीको भाउ बुधबार उकालो लाग्यो

0
Shares

पछिल्लो दुई दिन घटेको सुनको भाउ तेस्रो दिन भने उकालो लागेको छ । यस्तै अघिल्लो दिन स्थीर रहेको चाँदीको पनि आज बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंसिर १४ गते सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको हो ।

महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ, तेजाबी सुनको भाउ ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २९० रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर छापावाला सुन ९७ हजार ४०० रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी स्थीर रहँदै प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७५५ डलर तथा चाँदी प्रतिऔंस २१.३४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।