एनसीसी बैंकको नगद लाभांश वितरण सुरु

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मङ्सिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश वितरण थालेको छ ।
बैंकले मंसिर ६ गतेदेखि गत आर्थिक वर्ष २०७८।७९ को सञ्चित मुनाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण गर्न सुरू गरेको जनाएको हो ।

बैंकले लाभांश पाउन योग्य रहेका सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा नै नगद लाभांश जम्मा गरिएको जानकारी दिएको छ । हालसम्म पनि आफ्नो हितग्राही खाता अद्यावधिक नगराएका सेयरधनीलाई नगद लाभांश बैंक खातामै जम्मा गर्न यथाशीघ्र अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।

२५ औं वार्षिक साधारण सभाबाट बैंकले चु्क्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको ३.३६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गरिने बैंकले बताएको छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । कबुकक्लोजका आधारमा कामय हन आएका सेयरधनीले मात्र सो लाभांश पाउनेछन् ।

कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको सेयर कारोबार असोज ११ गतेदेखि रोक्का थियो । सो अनुसार असोज ११ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई नियमानुसार बैंकको सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा कात्तिक १५ गतेसम्म सेयर दर्ता किताबमा कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।