भारतीय एसबिआई बैंकको मुख्य लगानी रहेको नेपाल एसबिआई बैंकले २ अर्बको ऋणपत्र बिक्रीबाट स्रोत संकलन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
सो बैंकले तरलता अभावको सम्बोधनका लागि सर्वसाधारण तथा संघसंस्थाहरुलाई वार्षिक वार्षिक ९.७५ प्रतिशत ब्याजदर दिनेगरी दश वर्ष अवधिको ऋणपत्र बिक्रीमा ल्याउने भएको हो ।
ऋणपत्र निष्कासन गर्न बैंकले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा मङ्सिर १२ गते सोमबार निवेदन दिएको छ ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ४० प्रतिशत बराबरको ८ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगत तबरबाट अन्य संघ संस्थालाई बिक्री हुनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया