युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते शुक्रबार बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को सञ्चित नाफाबाट आफ्ना सेयरधनीरुलाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारितका लागि कम्पनीले यहि मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया