नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य बिहीबार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम छ। बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँ थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया