यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायम छ ।
प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा सो पार्टी अगाडि छ । हालसम्मको १ करोड २ लाख ८२ हजार ७१९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार ८१७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ७ हजार ८३१, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५७ हजार ४४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार ७६३ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार ८७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार ४५७, जनमत पार्टीले ३ लाख ९३ हजार १७४, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ६२९, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६९ हजार १७० मत प्राप्त गरेको छ ।
प्रदेशसभा अन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार ७०४, कांग्रेसले ५ लाख ३२ हजार ८४५, राप्रपाले १ लाख ९१ हजार ७७१ र माओवादी केन्द्रले १ लाख ७७ हजार ७२१ मत प्राप्त गरेको छ ।
मधेसमा कांग्रेसले ३ लाख ९९ हजार ५८९, एमाले ३ लाख ५१ हजार २८४, जनमत पार्टीले ३ लाख २४ हजार ३३३, जसपा नेपाल १ लाख ९६ हजार ३४०, माओवादी केन्द्रले १ लाख ८० हजार १०४, एकीकृत समाजवादीले १ लाख १३ हजार ५९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १२ हजार ३४४ मत प्राप्त गरेको छ ।
बागमतीमा एमालेले ५ लाख ५४ हजार ६६२, कांग्रेसले ४ लाख ६३ हजार ५२८, माओवादी केन्द्रले २ लाख ६९ हजार २५४ र राप्रपाले २ लाख ६६ हजार ७४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार ८७२, कांग्रेसले ३ लाख १९ हजार ४०९ र माओवादी केन्द्रले १ लाख १५ हजार ४०८ मत प्राप्त गरेको छ ।
लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ ।
कर्णालीमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत प्राप्त गरेको छ ।रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया