म्याग्दी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन –(आईपीआ) जारी गर्ने मुख्य एजेण्डा राखेर साधारण सभा डाकेको छ ।
कम्पनीले आगामी पुस ११ गते वार्षिक साधारण सभा आह्वान गरेको हो । मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी रजिष्टर्ड कार्यालय काठमाण्डौं बालुवाटारमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र आईपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्ने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सोही सभाले गत आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया