एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ । साथै कम्पनीले बार्षिक साधारणसभा समेत बोलाएको छ।
कम्पनी सञ्चालक समितिको मंसिर १६ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५.४२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
सोही बैठकले कम्पनीको १० औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया