अव्यवस्थित तार नहटाए प्राधिकरणले काटिदिने

0
Shares

विजुलीका पोलमा अव्यवस्थित रुपमा झुण्डिएको तारहरु नहटाइए नेपाल विद्युत प्राधिरकणले काटिदिने भएको छ ।

प्राधिकरणले गत कार्तिक १५ गते एक सूचना जारी गरी ४५ दिन भित्रमा तार हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो । तर, सरोकारवाला निकायले प्राधिकरणको आग्रहलाई वेवस्ता गरेपछि प्राधिकरणले पुनः सूचना जारी गर्दै तार हटाउने काम प्रभावकारी नभएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका विजुलीका पोलहरुमा टेलिकम सेवा प्रदायक कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी लगायतका कम्पनीहरुले तारको लागि पोल प्रयोग गर्दै आएका छन् । यसका लागि कम्पनीहरुले प्राधिकरणलाई निश्चित शुल्क बुझाउनु पर्नेछ ।

तर, प्रयोग नभएका तारहरु पनि सम्बन्धित निकायले पोलमा नै यथास्थितमा नै छोडीदिदा शहरको सौन्दर्यमा गुमेको भन्दै प्राधिकरणले तारहरु हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।

यस अघि इन्टरनेट सेवा प्रदायक तार हटाउने काम पनि गरेका थिए । तर, तार हटाउने प्रक्रिया प्रभावकारी नभएको प्राधिकरणको ठम्याई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।