सेयर बजार साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सूचक २.१६ अंक बढेर १९६३.२२ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स १.१७ अंकले बढेर बन्द भएको छ ।
आइतबार १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल २४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर २६ हजार १५० वटा संख्यामा खरिद बिक्री भएको हो ।
कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ९ बढेको छ भने ४ घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढ्दा वित्त सर्वाधिक ०.६१ प्रतिशत घटेको छ । होटल तथा पर्यटनमुलक सूचक पनि १.६५ प्रतिशत बढेको छ ।
आजको बजारमा धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९८ प्रतिशत (२९ रुपैयाँ २० पैसा) बढेर ३२१ रुपैयाँ ८० पैसामा पुगेको छ । ओरियन्टल होटल ६.५७, खप्तड लघुवित्त ६.०७, युनाइटेड इन्स्योरेन्स ५.७२, एनएलजी इन्स्योरेन्स ५.१५, एलआईसी ४.९७, एशियन लाइफ ४.९२, आरएमडिसी लघुवित्त ४.८६, सिक्लेस हाइड्रोपावर ३.६१ र आरबिबि म्युचुअल फन्ड–१ को इकाईमूल्य ३.५२ प्रतिशतले बढेको छ ।
यसदिन नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.११ प्रतिशतले घटेको छ । त्यसैगरी, नबिल बैंक ३.४० प्रतिशत, पोखरा फाइनान्स २.८३ प्रतिशत, प्रिमियर इन्सयोरेन्स २.७८ र एनआईसी एशिया सेलेक्ट फन्ट–३० को २.५० प्रतिशतले इकाईमूल्य घटेको छ ।

आइतबार नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । नेष्डो समृद्ध लघुवित्त ८ करोड ७७ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्स ६ करोड ११ लाख रुपैयाँ, हिमालयन डिष्टिलरी ६ करोड ७० लाख रुपैयाँ र शिवम् सिमेन्टसको ४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया