नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका उम्मेदवारहरुको लागि अन्तर्वार्ताको मिति तय गरेको छ ।
नेप्सेको पदपूर्ति समितिले लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएका ६ पदमा पदपूर्ति गरिने ८ स्थानको पदपूर्तिका लागि १८ जना उम्मेदवारहरु छनौट भएकोमा अन्तर्वार्ताको लागि बोलाएको हो ।
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति आवश्यक न्युनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रका सक्कल प्रति तथा अन्य आवश्यक कागजातहरु दरखास्त फारामको प्रथम र द्वितीय पाना १–१ प्रति भरी तोकिएको मिति, समय र स्थानमा प्रवेश पत्र समेत साथमा लिई तोकिएको समय भन्दा १ घण्टा अगावै नेप्सेको सभाकक्षमा अनिवार्य उपस्थित हुनुपर्ने जनाइएको छ । आवश्यक न्युनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपु¥याएमा जुनसुकै बखत दरखास्त रद्द हुने जनाइएको छ ।
सेवा प्रशासन अन्तगर्त वरिष्ठ अधिकृतको अन्तर्वार्ताको लागि २०७९ पुस ७ गते बिहान ७ बजे बोलाइएको छ । सो पदमा एक जनाको पदपूर्तिका लागि ३ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
यस्तै सेवाः प्राविधिकतर्फ वरिष्ठ आइटी अधिकृतको प्रयोगात्मक परीक्षा २०७९ पुस ४ गते बिहान ८ बजे तथा अन्तर्वार्ताको लागि पुस ७ गते बिहान साढे ८ बजे बोलाइएको छ । सो पदमा एक जनाको पदपूर्तिका लागि ३ जना लिखित तथा अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
प्रशासन अन्तर्गत प्रबन्धक पदको अन्तर्वार्ताको लागि २०७९ पुस ७ गते बेलुका साढे ४ बजे बोलाइएको छ । सो पदमा एक जनाको पदपूर्तिका लागि ३ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
प्रशासन अन्तर्गत सहायक प्रबन्धक पदमा एक जनाको पदपूर्तिका लागि २ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । सो पदका लागि हुने अन्तर्वार्ताको लागि पुस ७ गते बेलुका ६ बजे बोलाइएको छ ।
यस्तै प्रशासन अन्तर्गत वरिष्ठ अधिकृत पदको अन्तर्वार्ताको लागि २०७९ पुस ८ गते बहिान ७ बजे बोलाइएको छ । सो पदमा एक जनाको पदपूर्तिका लागि ३ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
र प्रशासन अन्तर्गत अघिकृत पदका लागि तीन जनाको पदपूर्तिका लागि ४ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । सो पदका लागि हुने अन्तर्वार्ताको लागि पुस ८ गते बिहान साढे ८ बजे बोलाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया