मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

0
Shares

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १९ गते सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट सेयरधनीहरुलाई १३.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ रहेको छ । प्रस्तावित ११ करोड ७४ लाख ४५ हजार ६४९ रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १ अर्ब २ करोड ८ लाख ७३ हजार ७२० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट मितेरी डेभलपमेन्ट बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

मितेरीले घोषणा गरेको लाभांश एक दशक यताकै कम हो। बैंकले आव २०६७।६८ मा भने गत आवकोभन्दा कम १०.५३ प्रतिशत नगद मात्र वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।