नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १८ गते आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्र्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख ७९ हजार रुपैयाँ रहेको छ । प्रस्तावित २६ करोड २४ लाख ८१ हजार ८५० रुपैयाँ बोनस वितरणपछि नेकोको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ८५० रुपैयाँ पुग्नेछ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट पनि समान चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया