नेप्से सोमबार साढे २४ अंक घट्यो, रिडी पावरको ३० करोड माथि कारोबार

0
Shares

सेयर बजार सोमबार २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ । बिहीबार र आइतबार क्रमशः ११.२२ र २.१६ अंकले बढेको बजारमा सोमबार भने उच्च गिरावट देखिएको हो ।

साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएकामध्ये २०२ कम्पनीको सेयरमूल्य घटेको छ । २७ कम्पनीको सेयरमूल्य मात्र बढेको छ भने ११ को स्थीर रहेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ५.१९ अंक घटेर ३७९.६४ अंकमा झरेको छ ।

आज २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर २६ हजार ४७५ वटा संख्यामा खरिद बिक्री भएका छन् । आज कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३५ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोड ८७ लाख रुपैयाँले बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये सबै घटेको छ । उत्पादन तथा प्रशोधन सर्वाधिक २।३७ प्रतिशत, वित्त २।२८ प्रतिशतले घट्दा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार इन्डेक्स १ प्रतिशतभन्दा धेरै घटेको छ ।

सोमबारदेखि कारोबार खुला भएको रिडी पावरको आज सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँ बराबरको ५ लाख ९९ हजार ४६५ कित्ता सेयर खरिद बिक्री भएको हो । लाभांश प्रस्तावको सूचना सार्वजनिक गर्न गडबढी गरेपछि कम्पनीको सेयर कारोबार रोक्का राखेर आइतबार मात्र नेप्सेमा खुला भएको थियो ।

यसैगरी शिवम् सिमेन्ट्सको २० करोड २३ लाख ४६ हजार रुपैयाँ, नबिल बैंक ८ करोड ४७ लाख ८९ हजार रुपैयाँ,हिमालयन डिष्टिलरी ७ करोड ३८ लाख ४३ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाख ८९ हजार रुपैयाँ बराबको सेयर किनबेच भएको छ ।

आज सर्वाधिक सेयरमूल्य बढेको सयपत्री हाइड्रोपावरको ३.१२ प्रतिशत बढेको छ । एनआईसी एशिया सेलेक्ट फन्ड ३० को इकाईमूल्य २.२६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्य २.२१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक २.०५ र केबिएल डिबेञ्चर २०८६ को मूल्य २ प्रतिशतले घटेको छ ।

त्यसैगरी मर्जरमा रहेर रोक्का रहेर आजदेखि सेयर कारोबार भएको अजोड इन्स्योरेन्सको ७.३७ प्रतिशतले सेयर मूल्य घटेको छ । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ५.७७ प्रतिशत, ओरियन्टल होटलको ५.५३ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशत र लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य ४.७८ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।