कालिञ्चोकको आईपीओमा वैदेशिक रोजगारीमा गएका ११ सय ४७ जनाबाट ४ करोडको सेयर माग

0
Shares

कालिञ्चोक दर्शनको आईपीओमा सोमबार साँझ ४ बजेसम्ममा १ हजार १४७ वटा आवेदन परेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर १४ गते बुधबारदेखि खुला भएको आईपीओमा ३ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर १९ गते सोमबार साँझ ४ बजेसम्ममा १ हजार १४७ जना आवेदक मार्फत कुल ३ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको ३ लाख ९२ हजार ६८० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकले औसतमा ३४२.३५ कित्ताभन्दा बढी माग भएको हो ।

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।