“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारा सहित आगामी पुस ७ देखि १७ गतेसम्म धादिङवेसी स्थित खुल्ला मञ्चमा ‘आठौं धादिङ महोत्सव २०७९’ आयोजना हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा जानकारी दिएको हो ।
महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूलआयोजक समिति, सल्लाहकार समिति, सचिवालय समिति, विषयगत समिति गठन गरेको र १२ उपसमिति गठन गरेको छ । तीन लाख जनाभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिउको मेलामा १० करोड भन्दा बढीको कारोबार हुने तथा वस्तु तथा सेवाको उत्पादन र व्यवसायमा विविधीकरण तथा व्यवसायीकरण गर्न सहयोग पु¥याउने बताइएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ मेला आयोजना हुन लागेको बताए ।

यस्तै महोत्सवले विभिन्न जातजाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने लक्ष्य लिएको छ । धादिङ जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजारिकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा र्पुयाउने, घरेलु उत्पादन र कृषिलाई व्यवसायिक र आधुनिकीकरण तर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु¥याउन सघाउने बताइएको छ ।
यस्तै पर्यटकीय स्थलहरुको विकास र विस्तारमा टेवा, स्थानीय बजारको विकास विस्तार एवं विशिष्टिकरण तर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका बारेमा मेलामा जानकारी उपलब्ध हुनेछ ।
अध्यक्ष थपलियाले स्थानीयकला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातीबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरहरुको सृजना गर्ने तथा बहुप्रतिक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउन सकारात्मक दबाव सिर्जना गर्ने उद्देश्य महोत्सव आयोजक समितिको रहेको बताए । बिक्री तथा प्रदर्शनी प्रवद्र्धनका लागि १२० वटा स्टलमा स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण कक्ष रहनेछन् ।
महोत्सवका आकर्षणका रुपमा विविध सांस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्धन सम्बन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुबाट दैनिक साँस्कृतिक प्रस्तुति, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासीहरुको भेषभुषा, सांस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी, अटो मोबाईल्सको प्रदर्शनी तथा बिक्री वितरण रहने बताइयो ।
महोत्सवबाट जिल्लाभित्र उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी उत्पादनको प्रचारप्रसार एवं प्रवद्र्धन र व्यवसायीकरण हुनेछ, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार एवं प्रवद्र्धनका कारण जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुमा वृद्धि भइ नयाँ रोजगारीको श्रृजना हुनेछ । यस्तै स्थानीय उत्पादनको राष्ट्रियकरण गर्न सहयोग पुग्नेछ, उत्पादक, प्रशोधक, वितरक र उपभोक्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्नेछ ।
महोत्सवबाट बचत भएको रकमले सुविधा सम्पन्न तालिम हल बनाउने र महोत्सव सकिएको एक महिनाभित्र आम्दानी खर्च सार्वजानिक गर्ने जनाइएको छ ।
विसं २०६४ मा प्रथम धादिङ महोत्सव आयोजना भएकोमा यसअघि धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१, पाँचौं धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०७५, सातौं धादिङ महोत्सव २०७६ भव्यतापूर्वक सम्पन्न गरिसकिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया