साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कुल २७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३६८४ प्रतिशत नगद लाभांश गरि कुल २७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया