एनआईबिएल ग्रोथ फन्डको १६ करोड इकाई बिक्री गर्न सेबोनको स्वीकृति

0
Shares

सामुहिक लगानी योजनामा अर्को एउटा फन्ड सञ्चालनमा आउने भएको छ ।

एक अर्ब ६० करोड आकारमा सञ्चालनमा आउने ‘एनआईबिएल ग्रोथ फन्ड’ को प्रतिइकाई दश रुपैयाँ अंकित दरका १६ करोड इकाई बिक्री गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यपिटल लिमिटेडलाई उक्त फन्डको इकाई बिक्री गर्न सेबोनले मङ्सिर १८ गते आइतबार सेबोनले अनुमति दिएको हो ।

सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले केही समयभित्रै १० अंकित दरका कुल १६ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने यस योजनाको कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।