पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको हकप्रद भर्ने समय एक महिना थप

0
Shares

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन अवधि एक महिना थप भएको छ ।

कात्तिक १६ गतेदेखि चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद जारी गरिरहरको कम्पनीको हकप्रदमा यसअघि मंसिर २० गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो ।

मंसिर १८ गते बसेको सञ्चाक समितिको बैठकले एक महिना थप गरी पुस २० गतेसम्म आवेदन दिन पाउने निर्णय गरेको हो ।

कम्पनीले साविक संस्थापक सेयरधनीहरुका लागि १०ः३ अनुपातमा ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
संस्थापक सेयरधनीहरुले हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथलीमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।