नेप्से पाँच अंकले घट्यो

0
Shares

सेयर बजार मापक नेप्से मंगलबार ४.८७ प्रतिशतले घटेको छ । सोमबार २४.४६ अंकले घटेकोमा मंगलबार भने नेप्से गिरावटको क्रम घटेको हो ।

मंगलबार नेप्से परिसूचक घटेर १९३३ बिन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेर अर्बमुनी झरेको छ । नेप्सेमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । सेयर बजारको रौनक हराउँदा सूचकसँगै कारोबारमा पनि मन्दी छाउन थालेको हो । मर्जर प्रकृयामा रहेका कम्पनीहरुको नेप्सेले धमाधम कारोबार फुकुवा गरेपनि लगानीकर्ताहरुमा छाउन नसक्दा बजार निरन्तर दबाबमा परेको हो ।

कारोबार रकमका आधारमा मंगलबार शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख ३४ हजार रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख ८ हजार रुपैयाँ, रिडी हाइड्रोपावरको ५ करोड २ लाख ७ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ८१ लाख ९५ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख ४५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै आरएमसडिसी लघुवित्तको ३ करोड १७ लाख १७ हजार रुपैयाँ, एनएमबि बैंक २ करोड ६२ लाख ७५ हजार रुपैयाँ, साना किसान विकास लघुवित्त २ करोड ५० लाख २९ हजार रुपैयाँ, मेगा बैंक २ करोड ५ लाख २१ हजार रुपैयाँ र नेपाल लाइफको १ करोड ९५ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा धाैलागिरी लघुवित्तको सेयर सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेर प्रतिसेयर ३४८.१० रुपैयाँ पुगेको छ । सिटिजन म्युचुअल फण्ड–१ को इकाईमूल्य ६.१२ प्रतिशत, स्र्पोट माईक्रोफाइनान्स ५.८६ प्रतिशत, हिमालयन बैंक ४.१५ प्रतिशत, खप्तड लघुवित्त ४.०१ प्रतिशत, स्वाभिमान लघुवित्त ३.९६ प्रतिशत, आरएमडिसी लघुवित्त ३.१६ प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्किम–१ को इकाईमूल्य २.१७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाईमूल्य २.१३ प्रतिशत र सानिमा इक्विटी फण्डको १.९७ प्रतिशतले सेयर मूल्य प्रतिशत बढेको छ ।

एनएमबि बैंकको सेयर मुल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले ८.२५ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेपछि बैंकको सेयरमूल्य घटेको हो । यस्तै एनएमबि–५० को इकाईमूल्य ३.८५ प्रतिशत, १२% प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेडको ३.३२ प्रतिशत, एनएमबि हाईब्रिड फण्डको इकाईमूल्य ३.२८ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फन्डको इकाईमूल्य ३.२५ प्रतिशतले घटेको छ ।

रिभर फल्स, पन्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत, सामलिङ्ग पावर र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य पनि साढे २ प्रतिशतभन्दा बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।