भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्रराम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ जोडिरे प्रतिसेयर ११६ रुपैयाँ दरले सार्वजनिक निष्कासन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएका छ ।
सेबानका अनुसार कम्पनीले ११६ रुपैयाँ दरले कुल १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्काशन गर्न मंसिर २० गते मंगलबार निवेदन दिएको हो । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपाली तथा आम सर्वसाधारणहरुलाई आईपीओ जारी गर्नेछ ।
सो सेयरमध्ये कम्पनीले ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित क्षेत्रका लागि बिक्री गर्ने छ । बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्तामध्ये दश प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्री खुला हुनेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यसअघि नै धितोपत्र निष्कासन तथा बिक्री गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । भगवती हाइड्रोपावर सुविधानगर, तीनकुने, काठमाडौँमा आयोजित कार्यक्रममा भगवती हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हरि प्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका तर्फबाट चन्दन कार्कीले २०७८ पुस १६ गते बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया